आज सुन भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

काठमाण्डौ : साताको दोस्रो दिन आज सोमबार सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय १० रपैयाँ रहेको थियो । 


Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali