संसद र सञ्चार क्षेत्रले समृद्ध समाज निर्माणमा योगदान : सभामुख नन्दा गुरुङ

सुर्खेत : कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङले संसद र सञ्चार क्षेत्रले मात्र समृद्ध समाज निर्माणमा योगदान पुरÞ्याउन सक्ने धारणा व्यवक्त गरेकी छिन । उनले 

मंगलबार प्रदेश सभामा आयोजित ’कानुन निर्माण र कार्यान्वयनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

 संसद्को बहस, जनप्रतिनिधिका विचार तथा दृष्टिकोणलाई जनतासम्म पुरÞ्याउने माध्यम भनेकै सञ्चार माध्यम हो,’ उनले भनिन्, ’सञ्चार क्षेत्रलाई प्रदेश सभा र नागरिकलाई जोड्ने पुलका रूपमा हेरिनु पर्दछ ।’

सङ्घीय व्यवस्थालाई सुदृढ र बलियो बनाउन संसद् र सञ्चार क्षेत्रबिच सहकार्य अपरिहार्य रहेको जानकारी दिइन । 

‎‎उनले प्रदेश सभा संसदीय अभ्यासको सिकाइकै क्रममा रहेको समेत जानकारी दिइन । न् । यसलाई परिपक्क बनाउने प्रयास भइरहेको उनको भनाइ छ ।

संसद् र सञ्चारको सहकार्यले नै सङ्घीय व्यवस्थालाई थप बलियो बनाउन सकिने उनको भनाइ छ । उनले भनिन्, ’हाम्रा क्रियाकलापहरू जति धेरै जनपक्षीय, पारदर्शी र खुल्ला हुन्छन्, उति नै धेरै विश्वास आर्जन गर्न सकिन्छ । तसर्थ सूचना पाउने नागरिकको अधिकारप्रति सरोकारवाला निकाय जहिले पनि सचेत र संवेदनशील हुनुपर्ने जानकारी दिइन ।’

‎‎प्रदेश सभाको मुख्य काम विधि निर्माण र सरकारका कामकारबाहीको अनुगमन, निगरानी तथा मूल्याङ्कन गर्नु रहेको उल्लेख गर्दै उनले कर्णालीको समृद्धि र विकासका लागि सञ्चार लगायत सबै क्षेत्रसँग निरन्तर सहकार्य र समन्वयमा जोड दिइँदै आएको बताइन् ।

‎‎सङ्घीय लोकतान्त्रिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि मात्र नभई नागरिकहरू पनि सुसूचित हुनुपर्नेमा जानकारी दिइन् ।

‎उनले भनिन्, ’संसद्को कार्यभार संसद्ले मात्र थाहा पाएर हुँदैन । यसबारे आम नागरिकले पनि बुझ्न सके संसदीय प्रणाली अझै व्यवस्थित हुन्छ ।’

‎‎कार्यक्रममालाई ध्यानमा राख्दै सल्लाह सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा प्रदेश सभा र सचिवालयका गतिविधिलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्दै सभामुख गुरुङले आफ्नो तर्फबाट आवश्यक सहयोग तथा समन्वय निरन्तर रहने विश्वास व्यक्त गरिन ।

कर्णाली प्रदेशसभाबाट १६ वटा विधेयक पारित भएका छन भने, सालबसाली विधेयक ६, र १ विधेयक प्रदेश सभाबाट फिर्ता भएको प्रदेश सभा सचिवालयका अधिकृत राजेन्द्र पौडेलले जानकारी दिए । 











 






Post a Comment

Previous Post Next Post