श्रीमान्‌ले गरे श्रीमतीको हत्या : हत्यापछि प्रहरीलाई आफैँले गरे फोन

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् । वीरेन्द्रनगर नगरपालिका-१३ करेखोलामा बस्दै आएका दानसिंह ठाडाले श्रीमतीको हत्या गरेका हुन् ।

४२ वर्षीय ठाडाले ४१ वर्षीय रविना थापाको हत्या गरेका हुन् । उनले आइतबार बिहान १ बजेतिर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हत्या लगत्तै उनले घरको ठेगानासहित प्रहरीलाई फोन गरेर पक्राउ गर्न बोलाएका थिए । खबर पाउनासाथ घट्नास्थल पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिइसकेको छ ।

उनले चिर्पटले हानेर श्रीमतीको हत्या गरेको बुझिएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए ।

Post a Comment

Previous Post Next Post