सम विकास सम्बन्धी दुई दिने तालिम सम्पन्न

सुर्खेत : नेपाल दलित महिला र किशोरीको मानव अधिकार प्रर्वद्धन परियोजना महिला र पुरुष सम विकास सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । दलित महिला संघ फेडोले आयोजना गरेको दुई  दिने सम विकास तालिम आज सम्पन्न भएको हो । 

कार्यक्रममा समाज परिवर्तनका लागि आफु परिवर्तन हुन आवश्यक रहनुका साथै महिला र पुरुष एक भएर समाज बदल्न सकिने प्रशिक्षार्थीहरुले बताएका छन । यस तालिमबाट समाजमा हुने विभिन्न किसिम विभेद अन्त्यका लागि महत्वपुर्ण सिकाइ भएको प्रशिक्षार्थी आशा बसेलले जानकारी दिइन । उनले भनिन् मानिसहरुको समान पुर्ण अवसर तथा अधिकारका लागि विभेद रहित समाज र सबै वर्गलाई न्यायोचित र अर्थपुर्ण सहभागिताले नै समाज परिवर्तन गर्न सकिने बताइन । समाजलाई बदल्नु अघि आफु बदलिनुपर्नेमा जोड दिइन । 


प्रशिक्षार्थी हरी वादीले आफुबाट परिवर्तनको सुरुवात नगरि समाजलाई बदल्न खोज्नु मुर्खता रहेको बताए । महिला र पुरुष एक भएर काम गर्न थाले समाज आफै परिर्वतन हुन सक्नेमा जोड दिए । उनले भने घरमा गरिने कामको बाडफाडले नै मानिस माथी उठ्न नसकेको बताए । यस तालिमबाट श्रीमतीलाई बुझ्ने मौका पाएको उनले जानकारी दिए । 

यस्तै तालिमका प्रशिक्षक उमाशकंर आर्चायले सिकेका कुरा व्यवहारमा उर्तानु नै प्रमुख सिकाइ रहेको बताए ।  प्रशिक्षक आर्चायले आफु परिवर्तन भयो भने तिन पुस्ता नै परिवर्तन हुन सक्नेमा जोड दिए । उनले भने महिला र पुरुषमा गरिने कामको मुल्याकंन दुवैले ग¥यो भने घरमा सुख, शान्ति हुनुको साथै सामाजिक, सांस्कृतीक, आर्थिक र राजनितिक रुपमा पनि बलियो हुन सक्ने बताए । 

दलित महिला संघ फेडाका अध्यक्ष मन्जु सुनारले सिक्ने र सिकाउने कुरा कहिल्य पनि नसकिने निरन्त्तर चल्ने भएकाले महिला र पुरुष एक हुनुपर्छ कोही पनि हिंसामा पर्न नहुने बताइन । समाजमा गरिने विभेद अन्त्ते गर्नका लागि आफु बदल्न आवश्यक रहेको बताइ । अध्यक्ष सुनारले महिला र पुरुषले गर्ने कामको बाडफाड नभएर बराबरी हुनपर्नेमा जोड दिइन । महिला र पुरुष एक भएर अघि बढ्न आग्रह गरिन । 

 




Post a Comment

Previous Post Next Post