व्यवसायमा आत्मविश्वास बढाउदै महिलाहरु

सुर्खेत : साना उद्योगहरुबाट सुर्खेतको भेरीगंगा नगरपालिकाका महिलाहरू आत्मविश्वास बढाउदै छन् । आफ्नो सिप र क्षमताका आधारमा आफुले सिक्दै अरुलाई सिकाउदै समाजमा झुधिरहेको उनीहरुले बताएका छन ।

जुरी नेपाल र दलित महिला संघ सुर्खेतको साझेदारीमा संचालित हाम्रो सहकार्य परियोजना अन्तर्गत पायो सहयोगले आत्मविश्वास बढाएको उनीहरुले बताए । एक वर्षअघिसम्म सुर्खेत भेरीगंगा नगरपालिका १२ की सुशिला सावतको आम्दानीको स्रोत परम्परागत खेती मात्र थियो । उनी पहिल्य घरायसी काममा मात्र व्यवस्थ हुने गर्थिन भने अहिल्य घरपरिवारका साथै समाजमा आई परेका घटनाहरुलाई समाजमै मिलाउन थालेको उनले बताइन ।  खेतीकिसानीको   आम्दानीले मात्र जीवन ज्युन मुस्किलन भएपछि अहिल्य उनले बाख्रापालनबाट राम्रो आम्दानी गरेको बताउछिन । 

चार वर्षअघि दलित महिलासंघ फेडोमार्फत दिएको बाख्राबाट अहिल्य आम्दानी भईरहेको उनले जानकारी दिइन । संस्थाबाट ५० प्रतिशत अनुदानले बाख्राखोर व्यवस्थित बनाएर थप बाख्रा व्यवसायी बन्न सफल भएको उनले जानकारी दिइन ।

हरेक वर्ष बाख्रा थपिँदै गए । अहिले एउटा खसी बाट २३ हजारको आम्दानी हुने गरेको उनले बताइ ।    उनले भनिन् बाख्रा,कुखुरा हासँपालनबाट उनको प्रतिवर्ष एक लाखसम्म आम्दानी हुन्छ । यो उनको सिधा आम्दानी मात्र हो । बाख्राको मलबाट छुट्टै आम्दानी हुने उनी बताउँछिन्।

बाख्रापालन थाल्नुअघि निर्मला नेपाली आफ्नो श्रीमानसंग रोजगारीका लागि भारत जाने गरेको बताइन  । फेडोलो दिएको बाख्रा र सिलाइकटाइ मेसिन हातमा परेपछि उनको परिवारमा आर्थिक परिवर्तन आयो । बाख्रा बेचेकै कमाइले घर चलेपछि भारत जान छाडेको उनले बताइन । घर खर्चपछि बचेको पैसा बैंकमा जम्मा गरेको उनले सुनाइ् ।  

 दलित महिलासंघ सुर्खेतले महिलाहरुलाई आत्मविश्वास बढाउनका लागि खोलिएको समुहबाट आफुमा परिर्वतन आएको आकृति पैरवी समुहकी रेसा अारसीले जानकारी दिइन ।

उनले भनिन् आफुले यस समुहमा आएपछि आफुसंगै समाज परिवर्तन गर्न सक्ने भएको बताइन ।   रेसा समुहमा आएपछि घरपरिवार चलाउनुको साथै गाउँघरमा हुने विभिन्न खालका घटनाहरु मिलाउन वडालाई सहयोग गरेको समेत उनले जानकारी दिइन । पहिल्य समाज हेपिएर बस्नुपर्नुपर्ने पिडा कम भएको छ आफ्नो लागि आफै आवाज उठाएर अघि बढ्न सकेको उनले जानकारी दिइ ।

उनले थपिन अपाङ्गता भएर कहिकतै ननिस्एको समुहमा आएर बाहिर बोल्न सक्ने,कुलतमा पसेकोलाइ सम्झाइ बुझाइ गरि काममा लगाउन सक्ने क्षमताको विकास भएको र सानो व्यवसायीबाट ठुलो काम गर्न सफल भएको उनले बताए । पहिले समस्या लिएर जानुपर्ने अबस्थाले अहिले समस्या लिएर आफुसंग आउदा खुसी लागेको बताइन । समाज परिवर्तनका लागि के गर्न सकिन्छ भन्ने कुरा समुहमा आएपछि बुझ्ने मौका पाएको उनले जानकाी दिइन । यस्तै पैरवी समुहकी सदस्य बसन्ती परिवारले आफु समुहमा आएपछि बोलिचाली र पैरबी गर्न सक्ने क्षमताको विकास भएको उनले जानकारी दिइन । उनले भनिन् आत्मविश्वास बढाउदै घर खर्च चलाउने आम्दानी आफैले निकालेको उनले जानकारी दिइन । उनले भनिन् छोराछोरीमा गरिने भेदभाव र आफ्नो जीवनबारे बुझ्ने मौका पाए । अहिल्य हिंसारहित समाजका लागि आवाज उठाने गरेको छु ।

  यस्तै दलित महिलासंघ फेडोका सचिव खगिसरा वलि ६८ वटा समुह तयार पारि आत्मनिर्भर र आत्मविश्वास बढाउनमा सयोग गर्दै आएको र आगामी दिनमा दलितका लागि आवाज उठाउन र आत्म निर्भर बनाउनका लागि संस्था र आफु सधै साथ रहेको उनले जानकारी दिइन । महिलालाई व्यवसायी बनाउनको लागि पैरवी गर्न जरुरी रहेको उनले बताइन ।

भेरीगंगा १२ का कार्यभाग वडाअध्यक्ष इन्द्रलाल गिरिले समुहलाई टिकाउने आफैले हो यसको महव्व बुझि समुहलाइ बलियो बनाउन वडा सधै तयार रहेको बताए

उनले भने महिलाहरु आफ्नो क्षमताको कदर गरेर अघि बढ्नुपर्छ । समाज परिवर्तमा महिलाहरुको भुमिका ठुलो हुने जानकारी दिए ।

Post a Comment

Previous Post Next Post