सुर्खेत : कर्णाली प्रदेशसभा सचिवालयले कर्मचारीलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी विशेष तालिम प्रदान गरेको छ। कार्यसम्पादनलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउनको उद्देश्यसहित प्रदेशसभा सचिवालयका कर्मचारीहरुलाई लिएका हुन् । प्रदेशसभा सचिवालयले आयोजना गरेको भएको तालिम युएनडीपीको संसद सहयोग परियोजनाको सहकार्यमा सञ्चालन गरिएको थियो।
तालिमको सहजीकरण गर्दै प्रशिक्षक प्रवेश सुवेदीले एआईको विकासक्रम, यसको ऐतिहासिक पृष्ठभूमि, मानव जीवनमा यसको प्रभाव, समाजमा यसका ल्याएका परिवर्तनहरू र दैनिक जीवनमा यसका प्रयोग र उपयोगितासम्बन्धी विषयहरूमा प्रशिक्षण दिएका थिए । तालिममा कर्णाली प्रदेशसभाका करिब दुई दर्जनभन्दा बढी कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए।
प्रशिक्षक सुवेदीले एआईका मुख्य उपकरणहरू, जस्तै—भाषा मोडेलहरू, चित्र विश्लेषण, डेटा विश्लेषण, र निर्णयमूलक उपकरणहरूको परिचय गराए । सहभागीहरूलाई सबैभन्दा बढी मन पर्ने पक्ष भनेको व्यावहारिक अभ्यास सत्र थियो, जहाँ प्रत्यक्ष रूपमा इन्टरफेस मार्फत एआई प्रयोग गर्ने अभ्यास गरिएको थियो ।
तालिमको अन्त्यमा कर्णाली प्रदेशसभा सचिव वरिष्ठ उपसचिव नेत्र कार्कीले तालिममा सिकेका कुराहरू व्यवहारमा उतार्न सकेको खण्डमा कार्य सम्पादनलाई सहज र सरल बनाउन सकिने बताए । उनले आधुनिक प्रविधिको प्रयोगलाई समय, अनुकूल, प्रभावकारी, र दक्ष कार्यसम्पादनका लागि अनिवार्य रहेको बताए। प्रदेशसभाका सूचना अधिकारी राजेन्द्र पौडेलले तालिम बहुउपयोगी र समय सान्दर्भिक रहेको भन्दै प्रशंसा व्यक्त गरे । सहभागीहरूले पनि भने—तालिमले उनीहरूको दृष्टिकोणमा नयाँ आयाम थपेको, काम गर्ने शैलीमा नवीनता ल्याएको र संगठनात्मक क्षमता बढाएको महसुस भएको बताएका थिए।
एआई तालिमले केवल सूचना प्रविधिमा दक्षता नभई निर्णय प्रक्रियामा स्पष्टता र पारदर्शिता पनि ल्याउने अपेक्षा गरिएको छ। भविष्यमा सामूहिक रूपमा परियोजना, रिपोर्ट, विधेयक निर्माण र सार्वजनिक सेवामा आधारमा सुधार ल्याउने छ । यस्तो तालिमहरुको निरन्तरता गरी कर्मचारीहरु अझ सक्षम, सृजनशील र प्रविधिमैत्री बन्दै जाँदा प्रदेशसभा सचिवालयले समग्र कानूनी र विकासात्मक कामहरूमा द्रुत गति र गुणस्तरीय उचाई हासिल गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।


Post a Comment