सुर्खेतका भूमिहीनलाई जग्गाधनी पूर्जा वितरण

सुर्खेत : २०२७ सालमा भेरीगंगाा बसाईँ सरेर आएकी खुमा देवी चन्दा ठकुरीले १३  रोपानी ऐलानी जमिन खरिद गरे । खुमा देवी अहिले उमेरले ७९ वर्षकी भइन् ।   

शुक्रबार नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको हातबाट पुर्जा लिदाँ खुसी चएको बताइन ।  जमिनको लालपूर्जा हातमा पर्दा खुमाका आँखाबाट हर्षका आँशु झरे । ‘जग्गाको पूर्जा नपाएरै मरिन्छ जस्तो लागेको थियो,’ उनले भनिन, ‘अहिले बोल्नका लागि पनि कुनै शब्द छैनन् ।’ 

वर्षौदेखि आफूले हकभोग गरेपनि धनी पूर्जा थिएन् । ‘लालपूर्जा भइदिएको भए ४ छोरा र १ छोरीका लागि राम्रो हुने थियो उनले भनिन् । जग्गाका कारण छोराहरु कालापहाड (भारत) जानुपर्ने थिएन्, ऋण लिएर यतै केही गर्दथ्यो होला,’ उनले भने, ‘जग्गा भएर मात्रै नहुँदो रहेछ, जग्गाधनी पूर्जा भएपछि बल्ल आफूले खनजोत गरिरहेको जमिन मेरै हो भन्ने लागेको छ ।’

सल्यानबाट भेरीगंगाको काठेघारीकी ७१ वर्षीया मोती खत्रीको परिवार २०३० सालतिर सिम्ताबाट बसाई सरेर आएको हो । ‘त्यतिबेला यहाँ रुखैरुख थिएँ, आगो लगाएर रुख ढाल्दै खेत बनायौं,’ उनले भनिन्, ‘बस्ती बसेको ५२ वर्षपछि जग्गाधनी पूर्जा पाउँदा खुशीले गदगद् भएका छौं ।’ उतिबेला जंगल फाँडेर बसाएका बस्तीमा अहिले घरैघर छन् । गाउँमा सम्पूर्ण पूर्वाधारहरु पुगेपनि सिंगो बस्ती लालपूर्जा विहिन थियो । ‘बल्ल अहिले स्थायी बासिन्दा भएको अनुभूति भएको छ,’ उनले भनिन्, ‘जग्गाधनी पूर्जा पाउँदा वर्षौदेखिको सपना पूरा भएको अनुभूति भएको छ ।’

सुर्खेत लेकवेशी नगरपालिकाका ८८ वर्षीय बलबहादुर ज्ञवालीले ५२ वर्षपछि जग्गाधनी पूर्जा प्राप्त गरे । ‘२०२८ सालदेखि बसेको बस्ती हो, ५२ वर्षपछि हातमा जग्गाधनी पूर्जा प्राप्त भयो,’ उनले भने, ‘पटक– पटक नापी भएपनि अहिले आएर प्राप्त गर्न सफल भयौं ।’ उनले भने यसअघि २०५२ सालमा पनी जग्गाको नापी भएको थियो । तर, पूर्जा भने प्राप्त भएन् । अहिले हातमा पुर्जा प्रप्ता हुदा निकै खुसी लागेको छ ।  

लेकवेशीकै डिलसरी खत्रीले गाउँघरको कागजमा बसिरहेपनि अहिले आफ्नो हातमा पुर्जा आउँदा निकै खुसी भएको बताएकी छिन उनले भनिन् चुनावका बेला नेताहरुले गरेको बाचा बल्ल पूरा भयो । ‘हरेक चुनावमा जग्गाधनी पूर्जा दिन्छौं भन्थे, प्राप्त भएको थिइन्,’ उनले उनले भनिन्, ’याो पटक भने बाचा अनुसारको काम भयो ।’


 यस्तै २०२७ सालमा सल्यानबाट सुर्खेतको भेरीगंगा ६ मा बसाईँ सरेर आएको बताए ।  १९ रोपानी ऐलानी जमिन खरिद गरे । धनबहादुर अहिले उमेरले ७८ वर्षको भएको बताइन् ।

शुक्रबार नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको हातबाट बुवाले किनिदिएको ४८ वर्षअघिको त्यहीँ जमिनको लालपूर्जा हातमा पर्दा धनि सार्कीका आँखाबाट हर्षका आँशु झरे । ‘जग्गाको पूर्जा नपाएरै मरिन्छ जस्तो लागेको थियो,’ उनले भने, ‘अहिले बोल्नका लागि पनि कुनै शब्द छैनन् ।’ 

वर्षौदेखि आफूले हकभोग गरेपनि धनी पूर्जा थिएन् । ‘लालपूर्जा भइदिएको भए छोरा कालापहाड (भारत) जानुपर्ने थिएन्, ऋण लिएर यतै केही गर्दथ्यो होला,’ उनले भनिन, ‘जग्गा भएर मात्रै नहुँदो रहेछ, जग्गाधनी पूर्जा भएपछि बल्ल आफूले खनजोत गरिरहेको जमिन मेरै हो भन्ने लागेको छ ।’

  उपसभापति खड्काले गरे अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पुर्व सुर्खेतको लेकवेसी र भेरीगंगा नगरपालिकाका भुमिविहिनलाई पुर्जा वितरण गरेका छन । पूर्वी सुर्खेतको लेकबेशी र भेरीगंगा नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने क्रममा यस्तो बताएका हुन । भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतद्वारा शुक्रवार आयोजित कार्यक्रममा खड्काले दुई २६ जनालाई जग्गाधनी पूर्जा वितरण गरेका हुन् ।

खड्काले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाधनी पूर्जा पाउनु खुसीको कुरा भएको बताए । उनले वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रीत गरेको पनि बताए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले भूमि सम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गर्नेगरी छलफल चलिरहको बताए । उनले भूमिको अधिकतम उपयोग गर्ने, विशेष गरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएकोमा जोड दिए ।

उपसभापति खड्काले जनतामा निराशा भन्दापनि जिम्मेवारीमा रहेकाहरुसँग असन्तुष्टी रहेको बताए । उनले मत माग्दा भ्रमित हुने गरेर घोषणापत्र बनाउने र पछि सो अनुसार काम नगर्ने चलनका कारण मतदाता रिसाउने गरेको बताए । उनले आफू उपप्रधानमन्त्री हुँदा दुई सय प्रतिशत रहेको राजस्वलाई घटाएर १० प्रतिशतमा झारेको बताए । ‘अहिले पनि मतदाताहरुमा राजस्व धेरै भयो भन्ने गुनासो छ,’ उनले भने, ‘जग्गाको मूल्य बढेकाले राजस्व बढेको हो भन्ने कुरा हामीले मतदातालाई बुझाउन सकेका छैनौं ।’

उनले जिम्मेवारीमा रहेकाहरु सच्चिए नागरिकहरु प्रष्ट हुने र सबै क्षेत्रमा सुधार आउने बताए । ‘अहिलेको चुनौति राजनीतिक दलहरुका लागि यहीँ हो,’ उनले भने, ‘जिम्मेवारीमा रहेकाहरु लोभबाट, दलगत स्वार्थ भन्दामाथि उठेर सामुहिक हितका लागि जिम्मेवारीमा रहेको हुँ भन्ने सोच विकास गरे सबै कुरामा सुधार आउँछ ।’ उनले राजनीतिक प्रतिष्पर्धाका नाममा एकले अर्कालाई हिलो छेयाप्ने काम भइरहेको बताउँदै यसको अन्त्य हुनुपर्ने बताए । ‘जिम्मेवारीमा रहेका केन्द्रदेखि टोलसम्मका हामीहरुले मतदाता किन असन्तुष्ट छन् भन्ने कुराको ख्याल गर्न जरुरी छ,’ उनले भने, ‘कतै हाम्रो बोली व्यवहारका कारणले मतदातामा असन्तुष्टी बढेको हो कि भन्ने पनि ख्याल गरौं ।’

उपसभापति खड्काले अहिलेको गठबन्धन सरकार आगामी निर्वाचनसम्म कायम रहने बताए । प्रमुख दुई दल मिल्दा अहिले राजनीतिक स्थिरता भएको छ, उनले भने, अहिले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुुनुहुन्छ, केही समयपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ यहीँ गठबन्धनले २०८४ को निर्वाचन गराउँछ ।


Post a Comment

Previous Post Next Post