सुर्खेतमा पेस्तोललगायतका हतियार र लागुऔषधसहित २ जना पक्राउ

सुर्खेत : सुर्खेतमा पेस्तोल लगायतका हातहतियार र लागुऔषधसहित २ जनालाई  प्रहरी  प्रकाउ गरेको छ ।   शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रहरी उक्त घटनालाइ सार्वजनिक गरिएको हो ।


पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका(८ का २३ वर्षका विधान शाही र २२ वर्षका आदित्य घिमिरे छन् । उनीहरूको साथबाट १ थान सेमी अटोमेटिक टाइप ७७ चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने म्यागजिन २ थान, १२ राउन्ड गोली, ४ थान खुकुरी, २ थान चक्कु, १ थान बन्चरो, १ सय ४६ पत्ता ट्रमाडोल र नाइट्राजेपाम १४ सय २६ ट्याब्लेट, जरायोको सिंह १ थान बरामद गरिएको प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।


कालिङचोकको कृष्णमन्दिर नजिकै घरबाट उनिहरूलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार राति उनीहरूलाई प्रकाउ गरिएको बुढथापाले बताए ।

सुर्खेत प्रहरी प्रमुख सुधिरराज शाहीका अनुसार पक्राउ परेका विधान शाहीविरुद्ध २०७८ भदौ २७ गते जिल्ला प्रहरी कार्यलय सुर्खेतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । उनीसँगैका ३ जना पक्राउ परे पनि उनी फरार थिए । उनीहरू लागुऔषध प्रयोगकर्ता र बेच्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको शाहीले बताए ।






Post a Comment

Previous Post Next Post