सुर्खेत : कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिजको उद्घाटन गर्न हिडेका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूल मौसमका कारण सुर्खेतमा रोकिएका छन्।
हुम्ला जाने क्रममा मौसममा खराबी आएपछि प्रधानमन्त्रीको टोली सुर्खेतमै रोकिएको हो। प्रधानमन्त्री ओली बिहान साढे ११ बजेतिर सुर्खेत विमानस्थलमा आइपुगेका थिए ।
उनीसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल पनि हुम्ला जाने कार्यक्रम रहेको छ । हाल प्रधानमन्त्रीसहितको टोली वीरेन्द्रनगरस्थित नेपाली सेनाको उत्तर पश्चिम हेडक्वार्टर, नेवारेमा आराम गरिरहेको मुख्यमन्त्री कँडेलको सचिवालयले जनाएको छ।
हुम्लाको चुवाखोला बेलीब्रिजको उद्घाटन कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको थियो। तर, सुर्खेतबाट हुम्ला जाने हवाई मार्ग, विशेष गरी कालिकोट खण्डको मौसममा सुधार नभएपछि प्रधानमन्त्रीको उडान हुन नसकेको हो।
मौसममा सुधार आउनासाथ प्रधानमन्त्रीको टोली हुम्ला प्रस्थान गर्ने बताइएको छ।
Post a Comment