सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सवारी दुर्घटना न्यूनीकरण गर्न यान्त्रिक जाँच गरीे चालकलाई सचेत गराउन थालेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय आयोजना र यातायात व्यवस्था कार्यलय सुर्खेतको सहकार्यमा यान्त्रिक तथा मनसुनजन्य सवारी दुर्घटना न्यनीकरणका लागि यान्त्रिक जाँच तथा सचेतना कार्यक्रम सुरु गरेको हो ।
चालकलाई सवारी साधनको अवस्था कस्तो छ भनेर बुझाउन यान्त्रिक जाँच गराएर कमी कमजोरी देखाउँदै सडक सभ्यता अभिवृद्धि तथा दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम थालिएको प्रहरीले जनाएको छ ।
दिनानुदिन सवारी दुर्घटना बढ्दो क्रममा रहेकाले यसलाई न्यूनीकरण गर्न सुर्खेत जिल्ला ट्राफिक कार्यालयले सचेतनाका कार्यक्रमलाई तीव्रता दिएको छ ।
यातायात व्यवसायी संघ कर्णाली प्रदेशका सचिव रमेश सापकोटाले पूर्व पश्चिम राजमार्गसँगै भित्री सडकमा सवारी दुर्घटना बढ्ने भएकाले सर्वसाधारणलाई सवारी चालक, सहचालक व्यवसायीलाई ट्राफिक नियम पालनासम्बन्धी सचेतना दिन जरुरी रहेको बताए । उनले भने मनसुनका समयमा बाढिपहिरोका क्रममा सचेत रहेर नआतिएर चलाउने बताए । सवारिसाधनहरु कसरी चलाउने भन्नेबारे ९० प्रतिशत चालक र १० प्रतिशत सवारिसाधनका कारण दुर्घटना हुने गरेको उल्लेख गरे ।
देउती नागरिकका सचिव रमेश खड्काले पहाडी भागमा हुने दुर्घटना चालककै लापरबाहीले हुने गरेको बताए । व्यवसायीहरु प्रतिस्पर्धा गर्दा सवारी दुर्घटना बढ्न गएको उनले बताए । व्यवसायीहरु आफ्नो हकहितका लागि आपैँ व्यवस्थित हुनुपर्ने जानकारी दिए ।
यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएपी हरि बहादुर विसीले आफ्नो सवारी साधनहरु भुगोल संग मिल्दोजुल्दो छ या छैन त्यसमा ध्यान दिएर सवारी चलाउनुपर्ने बताएका छन । उनले भने चालु आर्थिक वर्षमा ६७ प्रतिशत दुर्घटना तिव्र गति र ९ प्रतिशत दुर्घटना यान्त्रिक कारण भएको उल्लेख गरे । सवारी दुर्घटना चालकको लापरवाही,ब्रेक फेल तथा मापसेको कारण हुने गर्दछ । आफुले चलाउने सवारी साधान चलाउनुभन्दा अगाडी राम्रो संग चेकजाच गरे चलाउनुपर्नेमा जोड दिए । यात्रुहरुको सहजता र रक्षाका लागि प्रहरी पुर्णरुपमा समर्थन रहेको र आगामी दिनमा पनि आफ्नो साथ सहयोगको रहिरहने समेत एक्यबद्धता जनाए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले सुर्खेतमा दैनिक सवारी दुर्घटना बढिरहेकाले ट्राफिक सचेतना अघि बढाएर कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने, सवारी दुर्घटनाबाट धेरै मनिसले ज्यान गुमाउनु परेको छ । दुर्घटना रोकथामका लागि यान्त्रिक तथा मनसुनजन्य सवारी दुर्घटना न्युनिकरणका लागि सवारी साधनको यान्त्रिक जाँच एवंम सचेना कार्यक्रम गरिएको जानकारी दिए ।
यात्रालाई सुरक्षित बनाउने र दुर्घटना न्यूनीकरणमा केन्द्रित गरी गरिएको कार्यक्रम अन्र्तगत अव्यवस्थित पार्किङ हटाउने, चालक परिचालक प्रशिक्षण, यात्रु सचेतनामा प्रशिक्षण, सिट क्षमता आरक्षण अनुगमन, सडक प्रयोगकर्ता,सवारीको यान्त्रिक जाँच एवं सचेतनाका कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालयका सुर्खेतका प्रमुख सुनारले जानकारी दिए ।
कार्यक्रममा नगर प्रहरी प्रमुख राजन भट्राई,यवसायी,चालक, सहचालक लगायत प्रहरीहरुको उपस्थिीती रहेको थियो ।



Post a Comment