सुर्खेत : लामो समयदेखि बालविवाह न्यूनीकरणका मुद्धाहरुमा वकालत गर्दै आएकी अधिवक्ता गीता कोइरालाले हिंसा प्रभावितका लागि न्याय समिति सँगको संवाद अघि बढाउनुपर्ने बताएकी छिन ।
नेपालमा दलित महिला तथा किशोरीको मानवअधिकार प्रर्बद्धन परियोजना अन्र्तरगत फेडोले आयोजना गरेको हिंसा प्रभावितका न्याय सुनिश्चितताको लागि न्यायिक समितिसंग सार्वजानिक संवाद कार्यक्रममा उनले यस्तो बताएकी हुन ।
उनले भनिन् बालविवाह,बहुविवाह, घरेलु हिंसा र सम्बन्ध विञ्छेदनका घटनाहरु न्यायिक समितिमा बढि मात्रा आउने गरेका छन जसको सहजिकरण राम्रो संग नहुदा न्यायिक समिति प्रभावकारी हुन नसकेको उनले जानकारी दिइन ।
वीरेन्द्रनगर ११ की धनसरी वादीले अघिल्ला वर्षहरुमा फेडोले दिएको तालिमबाट समाजमा हुदै आएको हिंसाका बारेमा जानकारी लिन सजिलो भएको बताइन । उनले भनिन अन्तरजातिय विवाह,द्वोन्द्वका विषयलाई कसरी सामधान गर्ने भन्ने विषयका बारेमा अहिले महिलाहरु सचेत भएको बताइन । समाजको वास्तबिक घटनालाई कसरी सामाधान गर्ने, आत्मनिर्भर कसरी हुने,पारिवारिक सञ्चारको मह्त्वबारे संथागत र व्यत्तिगत रुपमा सिकेको र सिकाउन थालेको उनले जानकारी दिइन ।
यस्तै वीरेन्द्रनगर १३ की कौशिला विकले छुवाछुत, घरेलु हिंसाका बारेमा खुलेर बोल्न सक्ने भएको बताइन । उनले अहिले नेतृत्व विकास गर्नुको साथै दलित होमस्टे सञ्चालन गरेर आर्यआर्जनमुखी भएको जानकारी दिइन ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कमजोर,पिछडी परेको मान्छे अझै पनि हिंसा सहेर बस्न बाध्य भएको बताए । हिंसामा परेका मानिसहरु न्यायीक समितिमा आउदा सरल,सलव,हुने खालको वातावरण सिर्जना गर्नु पर्ने बताए । उनले भने इन्सेकले मानव अधिकार साहेता कक्षबाट वार्षिक १ लाख ५० बाट १८ जना हिंसापिडितलाई सहयोग गरेको बताए । उनले भने समाजमा महिला पिडित छन भने कारागारमा पुरुष पिडित भएको जानकारी दिए । यसमा सबैले ध्यान िदन अाग्रह समेत गरेका छन ।
यस्तै राष्ट्यि मानव अधिकार आयोगका प्रमुख मान बहादुर कार्कीले हिंसामा परेका महिलालाई स्थानिय सरकारको सहयोग गर्नुपर्नेमा जोड दिएका छन । सरकार नै हिंसा पिडितको आवाज बन्नुपर्ने उनले बताए ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले चेतनाको स्थर माथी उठाउन आग्रह गरेका छन । उनले भने,महिलाहरु आफु सक्षम हुनुपर्छ अरुमा आत्म निर्भर हुनुहुदैन जसले हिंसा कम गर्नमा मद्दत गर्छ ।
यस्तै दलित महिला संघ सुर्खेतका सचिव खगिसरा वलीले गाउँघरमा हुदै आएको विभेदको अन्त्ते, घरेलु हिंसा,अन्तरजातिय विवाह,लौङ्गिक हिंसालाई सिंचित गर्ने उदेश्यले संस्था सञ्चालन गरेको जानकारी दिइन । उनले भनिन,आफु र आफ्नो परिवारलाई सुरक्षित बनाउनका लागि आफ्नो रक्षा आफै गर्न जरुरी रहेको जानकारी दिइन । समाजसंगै मन जोडिएको विषयलाई अनुभुतीका आधारमा कसरी बाहिर ल्याउने तथा एकआपसमा सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको उनले जानकारी दिइन । सम्वाद प्रवद्र्धन सम्बन्धी महिलालाई हिंसा सम्बन्धी सचेतनामुलक काम गर्दै आएको उनले जानकारी दिइन ।


Post a Comment