सुर्खेत : सुर्खेत प्रहरीले पाँच किलो अफिमसहित एक जनालाई पक्राउ गरेको छ । बुधबार भेरीगंगा नगरपालिका–१० स्थित छिन्चुबाट ५ किलो ४ सय ५० ग्राम अफिमसहित जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० का ४६ वर्षका जयबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधिरराज शाहीले अफिमको कारोबार भइरहेको सूचना प्राप्त भएलगत्तै निरन्तर निगरानी र अनुसन्धानपछि ठूलो परिमाणमा अफिम बरामद गर्न सफल भएको बताइएको छ । अफिम ओसारपसार गर्ने व्यक्ति पक्राउ परे पनि मुख्य व्यक्ति भने फरार रहेको एसपी शाहीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक बयानमा पक्राउ परेका बस्नेतले अफिम खेती आफैँले उत्पादन गर्ने तथा बिक्रीवितरण गर्ने गरेको बताएका छन् ।
प्रहरीले अनुसन्धानका क्रममा बरामद अफिमको प्रारम्भिक मूल्य जिल्ला बाहिर प्रतिकेजीको १ लाख ६० हजारमा मुल्य पर्ने गरेको बताए । पाँच केजी अफिमको विक्रि मुल्य ८ लाख ८६ हजार ४ सय रुपैयाँ रहेको जनाएको छ । पछिल्लो तीन महिनामा लागुऔषध सम्वन्धि कसुरमा ४४ जना पक्राउ परेका छन ।


Post a Comment