कर्णालीमा असार १५ गत सार्वजनिक बिदा

सुर्खेत : कर्णाली प्रदेशमा असार १५ गत सार्वजनिक बिदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले जुल्लाबाहेक कर्णालीका ९ जिल्लामा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकबाट २०८१ को चैत १७ गतेको निर्णयअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिएको मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post