भ्रष्टाचार मुद्दामा समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन

काठमाण्डौँ   : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै  नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संघीय सांसद पद निलम्बनमा परेको छ।

आज विशेष अदालतमा मुद्दा दर्ता भएसँगै संविधान र भ्रष्टाचार निवारणसम्बन्धी कानुनअनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले मुद्दा सामना गर्नुपर्ने अवस्था आएमा उनको पद स्वतः निलम्बनमा पर्ने व्यवस्था लागु भएको हो।

नेपालमाथि पतञ्जलीलाई गैरकानुनी रूपमा जग्गा खरिद र बिक्रीको अनुमति दिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो।

Post a Comment

Previous Post Next Post