फेडोले गर्यो टेलरिङ व्यावसायको लागि सामग्री वितरण

सुर्खेत : दलित महिलासंग फेडोले टेलरिङ व्यावसायका लागि टेलरिङ मेसिन वितरण गरेको छ । जुरी नेपाल र दलित महिला संघ सुर्खेतको साझेदारीमा संचालित हाम्रो सहकार्य परियोजना अन्तर्गत भेरीगंगा नगरपालिका १२ छिन्चुको आकृति पैरवि महिला समुहलाई जीविका पार्जनमा सहयोगका लागि सामुहीक टेलरिङ व्यवसायकका लागि सामाग्री वितरण गरिएको हो । 

दलित महिलासंघ फेडोले ४ अम्रेलासिलाई मेसिन ,१ इन्टरलक मेसिन ,६ इस्टुल, ६ फिता इन्चीटेप,२ टेवल,२ पाइट सेप स्केल,६ तेल कुप्पी मेसिनमा हाल्ने, २ पकेट मेसिन सियो,२ पकेट हाते सियो,२ कपडा नास्केल,५ इलास्टीक रोल,२ वटा डिजाइन बुक लगायतका २१ सामाग्री एक लाख स्रोह हजार दुई सय नब्बे रुपैया बराबरको सामाग्रीहरु उपलब्ध गराएको छ । 

कार्यक्रममा भेरीगंगा नगरपालिका  १२ नम्बर वडाका कार्यवाहक अध्यक्ष इन्द्रलाल गिरिले महिलाहरुलाई कृषी उत्पादन संगै व्यवसायीमुखी बनाउनमा टेलरिङ मेसिनले सहयोग पुर्याउने बताए  ।  महिलाहरु आत्म निर्भर भए घरपरिवार चलाउन सजिलो हुने बताए । 

यस्तै भेरीगंगा नगरपालिकाका उपमेयर धनसरा वोहोराले हस्तान्तरण मेसिनले पैरवी र सृजनामुखी गराउनका लागि मेसिनले ठुलो भुमिका खेल्ने बताइन । उपमेयरबोहोराले समाजलाई स्वरोजगार गाराउनुका साथै अर्थतन्त्रलाई पनि सघाउने जानकारी दिइन । कृषीमा मात्र आवद्ध समुहलाई टेलरिङमा जोड्दा समाजसंगै अर्थतन्त्रको पनि विकास हुने बताइन । 

दलित महिला संघ फेडोका सचिव खगिसरा वलीले महिलाहरुलाई आत्मनिर्भ तथा व्यवसायी बनाउनका लागि बाख्रा र मेसिन सामाग्री वितरण गरिएको जानकारी दिइन । 

  कार्यक्रममा पैरवि समुहका अध्यक्ष शुशिला सावदको अध्यक्षता र भेरीगंगा नगरपालिकाका उपमेयर धनसरा वोहोरा, प्रमुख अतिथी इन्द्रलाल गिरी,वडा सदस्य देवि चनारा, फिडो संयोजक मिना विश्वकर्मा लगायत २० जना सदस्यहरुको उपस्थिीती रहेको थियो । 

Post a Comment

Previous Post Next Post