कर्णाली प्रदेशसभाको बैठक अनिश्चित

सुर्खेत : कर्णाली प्रदेशसभाको बैठक सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रबीच सहमति नजुट्दा अनिश्चित बनेको छ। माओवादी केन्द्रले सरकारले योजना बैंकमा समावेश योजनाहरू सार्वजनिक नगरेरै बजेट ल्याउन खोजेको आरोप लगाउँदै संसद् बैठकमा सहभागी नहुने अडान लिएको हो।

माओवादी संसदीय दलको बैठकले योजना बैंकका योजनाहरू पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने र मुख्यमन्त्री यामलाल कँडेलले संसद्मा व्यक्त गरेको प्रतिबद्धताअनुसार जिल्लाहरूबाट सिफारिस भएका योजनाहरू बजेटमा समावेश नभएसम्म संसद् बैठकमा उपस्थित नहुने निर्णय गरेको छ।

माओवादीको अनुपस्थितिका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेको छैन। आइतबार दिउँसो ३ बजेका लागि तय भएको प्रदेशसभा बैठक अनिश्चित बनेको छ।

मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष ०८२/०८३ को बजेट पारित गरिसकेको छ । 




 

Post a Comment

Previous Post Next Post