रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –७ सहरे गाउँको एक टहरामा आगलागी भएको छ ।
सोमबार बिहान स्थानीय फौदे बुढाथोकीको टहरामा आगलागी हुँदा पशुचौपाया, अन्नपात, भाँडावर्तन, लत्ताकपडा र नगद समेत जलेर नष्ट भएका छन् । सानीभेरी गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कुलबहादुर बुढाका अनुसार आगलागीबाट टहरासहित दुई लाख बढीको क्षति भएको छ । उनका अनुसार आगलागीमा परेर टहरासहित दुई वटा बाख्रा, दुई बोका, एक भेडा, तीन कुखुरा र एक कुकुर जलेर नष्ट भएका छन् । यसका साथै टहरामा रहेका सम्पुर्ण मकै, गहुँ, चामल लगायतका अन्नपात, लत्ताकपडा, भाँडाकुडा खरानी भएको वडा अध्यक्ष बुढाले जानकारी दिए ।
आगलागी हुँदा सात हजार पाँच सय नगद समेत जलेको छ । फौदे बुढाथोकीको कपडामा रहेको दुई हजार र उनको श्रीमतीले काफल बेचेर साँचेको पाँच हजार रुपियाँ टहरासँगै जलेको वडा अध्यक्ष बुढाले उल्लेख गरे । आगलागीमा परेर एक भैसी र एक गोरु घाईते भएका छन् । छिमेकीहरुले गोरु र भैसीको उद्धार गरेर जोगाएको तर गम्भिर घाईते अवस्थामा रहेको बताईएको छ ।
तमाखु (कक्कर) सल्काउने बेला टहरा नजिक रहेको खरको भागमा आगो सल्लेको र टहरामा सल्केर आगलागी हुन गएको वडा अध्यक्ष बुढाले बताए । आगलागीबाट मानविय क्षति भने भएको छैन । स्थानीयले आगो नियन्त्रणमा ल्याएका छन् । उक्त टहरा ९अस्थायी आवास० भूकम्प पनि सरकारले दिएको अनुदानको रकमले निर्माण गरिएको थियो ।
Post a Comment