सुनको भाउ आज तीन हजार सात सय रुपैयाँले घट्यो

काठमाण्डौ : सुनको भाउ आज एकैदिन तीन हजार सात सय रुपैयाँले घटेको छ । सुनको भाउ तीन हजार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार पाँच सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Post a Comment

Previous Post Next Post
Rising Karnali