कर्णाली प्रदेश सभाको बजेट अधिवेशन बैशाख २८ का लागि आह्वान

 सुर्खेत : कर्णाली प्रदेश सरकारको बजेट अधिवेशनको बैठक बैशाख २८ बाट सुरु हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको बैठक बैशाख  २८  मा आव्हानका लागि प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन १८ चैत २०८१ मा अन्त्य भएको थियो । प्रदेश सरकारद्वारा आह्वान भएको अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पारित हुनेछ । जसका लागि प्रदेश सरकारले बजेटको दायरा बढाउने गरी नीति तथा कार्यक्रमलाई तीव्रता दिएको छ ।

मुख्यमन्त्रीको सचिवलायका अनुसार आइतबार बसेको बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पदस्थापना गर्ने निर्णय गरेको छ ।

Post a Comment

Previous Post Next Post