काठमाण्डौ : आज ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष ‘मे’ ३ तारिखका दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
नामिवियाको विण्डहक शहरमा सन् १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले ‘मे’ ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो ।
युनेस्कोले यसवर्ष अर्थात सन् २०२५ का लागि ‘टाईम टु पुट एआई अन द सोसल एजेन्डा’ नारा तय गरेको छ । यसको अर्थ एआई अर्थात् ९कृत्रिम बौद्धिकता० लाई सामाजिक एजेन्डाका रुपमा राख्ने समय आएको छ भनेर बुझ्न सकिन्छ ।
आजको पत्रकारिता कम्प्युटरको सहयोगमा आधारित रिपोर्टिङ्गमा धेरैजसो निर्भर रहन थालेको छ । यस्तोमा पत्रकारिताको मौलिकतामाथि सङ्कट निम्तिन सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धमेन्द्र झा बताए।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गरेका छन ।
बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने कतिपय मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा समग्र व्यवस्थालाई कमजोर बनाउने चुनौती रहेको उल्लेख गरे ।
दिवस मनाइरहँदा पत्रकारहरुले प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुुपर्नेमा जोड दिएका छन् ।

Post a Comment