रूकुम पश्चिम : रूकुम पश्चिममा करेन्ट लागेर एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-४ बोहरागाउँमा विद्युत मर्मतका क्रममा रूकुमपूर्वको सिस्ने गाउँपालिका-३ का २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको हो ।
मर्मतका लागि बिहिबार राति १० बजेतिर पोलमा चढेका नेपाल विद्युत प्राधिकरण रूकुमकोट वितरण केन्द्रमा कार्यरत खड्कालाई करेन्ट लागेको थियो । रूकुम पूर्वमा विद्युत अवरुद्ध भएपछि मर्मतका लागि पोलमा चढेका खड्काको पोलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ ।
केन्द्रीय प्रशारण लाइनको तार नजिकै रहेको सोलाबाङ लघु जलविद्युत आयोजनाको तारमा छोइदा खड्कालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।
खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालको पोष्टमार्टम गृहमा राखिएको बताए।

Post a Comment