डोल्पाको खदाङ्ग–त्रिपुराकोट सडक खण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध

डोल्पा : कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको भेरी करिडोर अन्तर्गत पर्ने खदाङ्ग–त्रिपुराकोट सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

एकाबिहानै त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने चिप्लेभीर र सिउरेनी गरेर दुई स्थानमा पहिरो खसेपछि उक्त सडक खण्ड अवरुद्ध भएको हो । डोल्पा प्रवेश गर्ने मुख्य करिडोर नै अवरुद्ध भएपछि सवारीसाधन वारपार गर्न पाएका छैनन् । पहिरो पन्छाउनका लागि समन्वय भइरहेकाले खदाङ्गबाट एक्स्काभेटर जान थालेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक टोपेन्द्र बुढाले जानकारी दिए । उनले भने, दुईवटा चौकीबाट प्रहरी टोली खटाइएको छ ।

पहिरो ठूलो गएकाले पन्छाउनका लागि एक्स्काभेटरलाई नै करिब तीन घण्टा लाग्ने अनुमान छ । अहिले मोटरसाइकलसमेत आवागमन ठप्प छ । मंगलबार राति एक्कासि भएको वर्षातका कारण पहिरो खसेको बताइएको छ ।

Post a Comment

Previous Post Next Post