स्थानीय तह उपनिर्वाचन अध्यक्षका लागि ५ उम्मेदवारी दर्ता

सुर्खेत : स्थानीय तह उपनिर्वाचनका लागि दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

यहाँ नेपाली कांग्रेसकातर्फबाट झलक भण्डारी,  माओवादी केन्द्रबाट जंगबहादुर बराल, नेकपा एमालेका तर्फबाट जंगबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट प्रकाशकुमार बुढा र नेकपा एकीकृत समाजवादीका तर्फबाट जगत हमालको उम्मेदवारी दर्ता भएको छ । यहाँ ०७९ को वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नेपाली कांग्रेसका लछुमन गुरुङको हृदयघातका कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।


 

Post a Comment

Previous Post Next Post