सुर्खेत : जाजरकोट नलगाड नगरपालिकाको उपमेयरमा चार दलले मनोनयन दर्ता गराएका छन् । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार दिउँसोसम्म नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राप्रपा नेपालका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, रास्वपाबाट पार्वती पुन र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट सुनिता पुन रावलले मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ताको समय अहिले ५ बजेसम्म तोकिएको छ ।
Post a Comment