संसद र मिडियाको सम्बन्ध कायम राख्न सधै सञ्चारको साथमा छु : उपसभामुख न्यौपाने

सुर्खेत : कर्णाली प्रदेशसभाका उपसभामुख यशोदा न्यौपानेले संसद र मिडियाको सम्बन्ध कायम राख्न सधै सञ्चारको साथमा रहेको जानकारी दिइएको छ । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशले संसद सहयोग परियोजनामार्फत संसदीय रिपोर्टिङ सम्वन्धि दुई दिने क्षमता अभिवृत्ति तालिममा कर्णाली प्रदेशसभाका उपसभामुख  न्यौपानेले यस्तो बताएकी हुन । 

उनले पत्रकारिताको अन्य विधाको तुलनामा संसदीय पत्रकारिता केही फरक विशिष्ट भएकोले यसलाई विवेकपूर्ण रुपमा प्रयोग गर्नुपर्ने बताइन । संसद समाचारको नियमित स्रोत पनि भएको चर्चा गर्दै उनले कर्णाली प्रदेशसभाले खुला संसदको अभ्यास चलाएको जानकारी दिइन । संसदीय पत्रकारिताको आफ्नै गरिमा र सम्मान हुने भएकोले तालिमले आगामी दिनमा संसदीय रिपोर्टिङ गर्न सहज पुग्ने विश्वास व्यक्त गरेकी छिन । 

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले संसदीय रिपोर्टिङ सम्वन्धी तालिमले आगामी दिनमा संसदीय पत्रकारिता गर्ने पत्रकारहरुलाई टेवा पुग्ने बताए। संसदीय पत्रकारिताको मूल्य, मान्यता र गरिमासम्वन्धी बुझ्न सहज हुने उनको भनाइ छ । 

 


संसद परियोजनाका कार्यक्रम संयोजक क्यारिना श्रेष्ठले संघीयतापछि प्रदेश तहमा पनि संसदीय पत्रकारिताको विकास भएकोले पत्रकारहरुको पनि क्षमता अभिवृद्धिको आवश्यकता ठानेर तालिमको आयोजना गरिएको जानकारी दिइन । उनले संसदीय रिपोर्टिङ विगतको भन्दा अव प्रभावकारी हुने विश्वास व्यक्त राखेकी छिन । 

दुई दिनसम्म संचालन हुने तालिममा पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले, संसदीय पत्रकार मामिला समाजका पुर्व अध्यक्ष नारायण काफ्ले,पत्रकार विनु सुवेदी, कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले प्रशिक्षण दिने संसदीय पत्रकार मामिला समाज कर्णाली प्रदेश अध्यक्ष देव रानाले बताए । तालिममा २५ जना पत्रकारहरु सहभागी छन् ।



Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali