बाल दिवस को अवसर मा जिल्ला स्तरीय हाजिरी जवाफ कार्यक्रम सम्पन्न

 


सुर्खेत । "बालबालिका मा लगानी सुरक्षित भविष्यको थालनी" भन्ने मूल नाराका साथ शुक्रबार ६०औं बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । सुर्खेत जिल्लामा पनि उत्साह पूर्ण तरिकाले बालदिवस लाई विभिन्न संघ संस्था , विद्यालय हरुले यस अवसर लाई उपयोग गरेका छन् । जिल्ला स्थित नेपाल बाल संगठन जिल्ला कार्यसमिति सुर्खेत ले हाजिरीजवाफ कार्यक्रम गरी मनाएको छ । विद्यार्थी हरुको स्मरण तथा बौद्धिक क्षमता को विकास हुने हाजिरीजवाफ कार्यक्रम ले उनीहरूको व्यक्तित्व विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले सो कार्यक्रम गरिएको आयोजक ले जनाएको छ ।

कार्यक्रम नेपाल बाल संगठन जिल्ला कार्यसमिति सुर्खेत का सभापति किरण किशोर सापकोटा को अध्यक्षता र भैरव माध्यमिक विद्यालय वीरेन्द्रनगर ४ भैरवस्थान का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम तिमल्सिना को प्रमुख आतिथ्यमा भएको थियो । सो कार्यक्रम मा बोल्दै सभापति सापकोटा ले हाजिरीजवाफ कार्यक्रम ले विद्यार्थी को चौतर्फी चारित्रिक विकास मा टेवा पुग्ने र यस्ता कार्यक्रम बाल संगठन ले विभिन्न स्वरुप मा अझ सशक्त भएर गर्ने भनेका थिए ।

उक्त जिल्ला स्तरीय कार्यक्रम मा निकोलस स्कूल वीरेन्द्रनगर ले प्रथम स्थान प्राप्त गर्यो भने भैरव माध्यमिक विद्यालय ले दोश्रो स्थान प्राप्त गर्दा चन्द्रसूर्य एकेडेमी तेस्रो स्थान प्राप्त गर्न सफल भएको थियो



Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali