पेट्रोलको मूल्य बढ्यो

काठमाण्डौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार (आज) बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।

भारतले पठाएको नयाँ मूल्य सूची अनुसार आइतबार पेट्रोलको मूल्य ४ रुपैयाँले वृद्धि गरेको हो । भारतले पठाएको मूल्य सूची अनुसार डिजेल र मट्टितेलमा रु. ०.३९, हवाई इन्धनमा रु.०.३८ र एल।पी। ग्यासमा प्रतिसिलिण्डर रु.२७.४४ ले घटेर आएको छ ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७२.५० रुपैयाँ पुगेको छ । यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७४ रुपैयाँ पुगेको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।


Post a Comment

Previous Post Next Post