हुम्लामा स्वास्थ्यकर्मीलाई निर्वाचनमा खटाउदा स्वास्थ्य सेवा प्रभावित

 सुर्खेत : हुम्लामा स्वास्थ्य सेवा कार्यालयको सेवा प्रभावित भएको छ। कार्यालयले पठाएको विवरण भन्दा फरक तरिकाले कर्मचारी निर्वाचनमा खटाउदा स्वास्थ्य सेवा प्रभावित भएको हो। 

जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले दिएको जानकारी अनुसार ल्याव, फार्मेसी, एक्सरे सेवा र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालय प्रमुखको जानकारी बिना खटाएले सेवा प्रभावमा समस्या भएको हो। 

स्वास्थ्यकर्मी चुनावमा खटिएकाले सेवा प्रवाह बन्द हुने भएकाले सेवाग्राहीको जिम्मेवारी अस्पतालले नलिने समेत सिंहले निकालेको विज्ञप्तिमा जनाएको छ।

Post a Comment

Previous Post Next Post