सुर्खेत : बुद्ध एयरको एटिआर ७२ विमानले पुस महिनाबाट सुर्खेत–काठमाडौँ उडान भर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोग तथा सहकार्यमा आज विमानको परीक्षण उडान सुरु गरेको हो।
बुद्ध एयरले एटिआर ४२ जहाजबाट सुर्खेत–काठमाडौं नियमित उडान भर्दै आईरहेको छ। परीक्षण उडान अनुकूल रहेको अवस्थामा २०२३ जनवरीदेखि सुर्खेत–दैलेख दैनिक दुई उडान संचालन गर्ने योजना रहेको बुद्ध एयरले जनाएको छ।
बुद्ध एयरका अनुसार उक्त एटिआर ७२ विमानमार्फत उडान संचालन गर्दा यात्रुहरुलाई पत्यक्ष लाभ पुग्ने महसुस गरी न्यूनतम भाडा दर सात हजार पाँच सय हुने छ। साथै, उक्त प्रायोजनको लागि बुद्ध एयरले डिसेम्बर २०२२ भित्र थप दुई वटा एटिआर ७२ जहाज ल्याउन लागेको विज्ञप्तीमार्फत जानकारी दिएको छ।
यसअघि श्रीएयर लाईन्सले पनि एटिआर ७२ विमानको परीक्षण उडान गरेको थियो। परीक्षण उडानमा अनुकूल रहेको निश्कर्ष निकालेपनि श्रीएयर लाईन्सले उडान नियमित गर्न सकेको छैन।

Post a Comment