माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमालेमा प्रवेश

काठमाण्डौँ : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन्। आज सोमबार  बालकोटमा एक कार्यक्रम गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन्। 

लामा २०७४ सालको निर्वाचनमा माओवादीले टिकट नदिएपछि बागी उठेर प्रतिनिधिसभा सदस्य जितेका थिए। पछि उनी माओवादीमै फर्किएका थिए। 

यस्तै माओवादी नेताहरू बागदल मल्ल, विष्णु लामा, कांग्रेसका महासमिति सदस्य पूर्ण गुरूङलगायत पनि एमाले प्रवेश गरेका छन्। 


Post a Comment

Previous Post Next Post