काठमाण्डौ : नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । आज शनिवार बिहान काठमाण्डौ काँडाघारीमा रहेको आफ्नै निवासमा उनको निधन भएको हो । घरकै बाथरुममा लडेर उनको निधन भएको हो ।
परिवारका अरू सदस्य बर्दिवास गएकाले उनले घरमा एक्लै हुनु हुन्थ्यो । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ ।
तत्कालीन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बस्नुभएको थियो । उहाँ एमालेको पोलिटब्युरो सदस्य पनि हुनु हुन्थ्यो ।
तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा उहाँ दुई पटक गरी झन्डै सात वर्ष जेल बस्नुभएको थियो ।

Post a Comment