डोल्पामा हिमपातमा परी एक जना भरियाको मृत्यु

 सुर्खेत : कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा हिमपातमा परी एक जना भरियाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठुलो भेरी नगरपालिका–९ जुँफालका कर्णबहादुर डाँगी रहेको छन् । ४६ वर्षीया डाँगी असोज १० गते २ जना विदेशी नागरिकसहित ५ जना नेपाली गरी ७ जनाको टोलीसँग कागकोट हुँदै तिन्जे पुगेका थिए ।

फर्कने क्रममा शुक्रबार बेलुकी डोल्पो बुद्ध गाउँपालिका ३ स्थित छोईला लेकमा उनको मृत्यू भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कर्णबहादुरको अत्याधिक हिमपात भई चिसोको कारण मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ । 

उनको मृत्यु भएको खबर सोही टोलीमा रहेका इलाम नगरपालिका  वडा नं.४ घर भई भान्से काम गर्ने पदम बहादुर राईले अस्थाइ प्रहरी पोष्ट ताक्सीमा जानकारी गराएका थिए । मृतकको शव अझै पनि घटनास्थलमै रहेको बताइएको छ ।  


Post a Comment

Previous Post Next Post