सिर्जना बुढाथोकी
सुर्खेत : प्रतिनिधि सभाका निवर्तमान महिला सांसदहरूले पाँच वर्षे कार्यकाल सफल भएको दाबी गरेका छन् । पाँच वर्षसम्म सांसद बनेर निखारिएकाले अब प्रत्यक्षमा चुनाव लड्न आफुहरु तयार भएको उनीहरुले बताएका हुन् ।
पाँच वर्षे कार्यकालको अनुुभव सुनाउँदै कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सांसद लक्ष्मी चौधरीले पाँचवर्षे कार्यकालमा आफूहरुले धेरै ज्ञान प्राप्त गरेको बताइन् । ‘संसद विघठन, कोभिड महामारी जस्ता समस्याका कारण योजनाअनुसार काम गर्न सकेनौं, तर केहि पनि नभएको होइन’, उनले भनिन्, ‘पाँच वर्षे कार्यकालमा महिला कति सक्षम छन् भन्ने कुराको महसुश गरियो, पुरुषभन्दा महिला सांसद कमजोर छैनन् ।’
सांसद चौधरीले महिलाले सक्दैनन् भन्ने सोच र निर्वाचनमा चाहिने खर्चका लागी पैसाको जोहो महिलाबाट हुदैन भन्ने सोचले महिलालाई अघि बढ्न कठिनाई हुने गरेको गुनासो गरिन् । ‘राजनीति गर्नका लागि पारिवारिक सहयोग अनिवार्य छ’ उनले भनिन्, ‘परिवारका सदस्य राजनीतिमा नहुँदा एक्लै राजनीतिमा आउँदा समस्या हुने रहेछ, सबैभन्दा पहिला त पैसाकै कुरा आउँछ ।’ सांसद चौधरीले जनसंख्याको हिसाबले अब राजनीतिमा ५० प्रतिशत र प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला आउनुपर्ने बताइन् । आफुहरु प्रत्यक्षका लागी तयार भएको उनको भनाई छ ।
यस्तै, निवर्तमान प्रतिनिधिसभा सांसद पार्वती विशुुङ्खेले रानीतिमा संख्याभन्दा पनि क्षमतामा भएका आउनुपर्ने बताइन् । आर्थिक रुपमा महिला सशक्त हुदैनन्, उनिहरुको भोट कम आउछ भन्ने मानसिकताले गर्दा महिलाको आत्मबल घटाउने काम हुने गरेको सांसद उनको भनाई छ । पार्टिले अब महिला र युवाको अस्तित्व स्वीकार गर्नुपर्नेमा उनको भनाइ छ । ‘नेता र समाजले युवाको कुरा लागू गर्दैनन्, युवाले युवाको र महिलाले महिलाको सवालमा वकालत गर्ने काम गर्छ नी’, उनले भनिन्, ‘अब पार्टिले युवा र महिलालाई सदस्यता दिन जरुरी छ ।’
दाङबाट निर्वाचित निर्वतमान सांसद विमला नेपाली आफूहरूले अधिकारको लडाइँमा पार्टीभित्र अन्तरसंघर्ष गर्नुपरेको बताइन् । महिला र त्यसमा पनि समानुपातिक सांसदलाई हेर्ने दृष्टिकोण फरक रहेको उनको अनुुभव छ । उनी भन्छिन्, ‘हामी महिला जनजाती र दलितलाई कोटा पुु¥याउनका लागि मात्र पद दिएका ेजस्तो भइरहेको छ ।’
कर्णाली फाउण्डेशनले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको महिला सहभागिता सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा निर्वतमान सासंदहरुले यस्तो धारणा व्यक्ति गरेका हुन् ।

Post a Comment