भ्रष्टाचार र आफ्ना आसेपासेलाई मात्र संरक्षण पर्ने प्रवृत्ति आफूबाट नहुने थानीको दाबी

सुर्खेत : पुर्व संघीय मन्त्री एवं सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार हृदयराम थानीले भ्रष्टाचार र आफ्ना आसेपासेलाई मात्र संरक्षण गर्ने प्रवृती आफुबाट नहुने दाबी गरेका छन् । 

जननिर्वाचित व्यक्तिहरुले भ्रष्टाचार र आफ्ना आसेपासेलाई मात्र संरक्षण पर्ने प्रवृत्ति हाबी भएकाले नेताप्रति जनातामा निराशा आएको उनले बताए । त्यस कारण आफु निर्वाचित भएपछि यी दुबै कुराहरु आफ्नो प्राथमिकतामा नपर्ने बुधबार बिहान पत्रकारहरुसँगको अन्तक्रिया कार्यक्रममा उनले दाबी गरेका हुन् । थानी आसन्न निर्वाचनका लागि कांग्रेसबाट गठबन्धनका साझा उम्मेदवार हुन् । 



उनले भने,‘ सुर्खेत र समर्ग कर्णालीको विकास र परिवर्तनका लागि आफु कटिबद्ध रुपमा लाग्ने छु । त्यसो भएकाले सुर्खेती जनाले र पत्रकारहरुले आसन्न निर्वाचनमा सहयोग गर्नुहुन्छ भन्नेमा विश्वास छ ।’ 

थानी संघीयतापछि दोस्रो पटक प्रतिनिधि सभाको लागि उम्मेदवार बनेका छन् । ०७४ मा बाम गठबन्धनका नवराज रावतसँग पराजित उनी अहिले माओवादी–समाजवादीको सहयोगमा चुनावी मैदानमा होमिएका छन् । ‘विद्यार्थी जीवनकालदेखि नै राजनीति यात्राबाट उदाएको नेता भएकोले यस पटकको निर्वाचनमा सुर्खेत क्षेत्र २ का जनताले आफुलाई नै भोट दिएर जिताउनेमा ढुक्क छु,’उनले भने । 

Post a Comment

Previous Post Next Post