पेशागत महासंघ दुल्लू नगर समिति र ने.रा.शि.संघ को संयुत्त आयोजनामा नेपालीहरूका महान पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।


दैलेख । पेशागत महासंघ दुल्लू नगर समिति र नेपाल राष्ट्रिय शिक्षक संगठन दुल्लू नगरकमिटि ले वडा दशैं, शुभ दीपावली, नेपाल सम्बत् तथा छठ पर्व २०७९ लगायत सम्पूर्ण पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्यो । शुभकामना आदानप्रदान कार्यक्रममा पेशागत महासंघ दुल्लू नगर समितिका अध्यक्ष श्री टेकराज न्यैापानेको अध्यक्षता एवं दुल्लू नगरपालिका का उपप्रमुख विना  कार्की को प्रमुख अतिथ्यता , विशेष अतिथि पेशागत महासंघ दैलेख जिल्ला अध्यक्ष कृष्ण आचार्यको अतिथ्यतामा सम्पन्न भयो ।दुल्लू नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटि दुल्लूका प्रतिनिधि, सदस्यहरू तथा पेशागत महासंघका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि विना कार्किले आयोजकलाइ धन्यवाद व्यक्त गर्दै नेपालीहरुको महान पर्व विजया दशमी, दीपावली, छठ, लगायतको पर्व उपलक्ष्यमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै विशेष अतिथि कृष्ण आचार्य ले नेपाल सांस्कृतिकरुपमा विश्वकै धनी मुलुक हो, हामी नेपाली विविध संस्कृतिमा रमाउँदै एक भएर बसेको छौं । तर अहिले केही समयदेखि हाम्रो जातीय, संस्कृतिक, साम्प्रदायिक सद्भाव, जातीय सद्भावलाई कमजोर बनाएर नेपालको नीति निर्माण र प्रक्रियामा बाहिरबाट अतिक्रमण हुने खतरा उत्पन्न भएको छ यसलाई रोक्नुपर्दछ भन्नुभएको थियो । 

उहाँले सम्पर्ण उपस्थित व्यक्तित्वहरूमा धन्यवाद व्यक्ति गर्दै नेपालीहरुको महान पर्व विजया दशमी, दीपावली, छठ, लगायतको पर्व उपलक्ष्यमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो ।




Post a Comment

Previous Post Next Post