कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाईने

 सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेत अब स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास हुने भएको छ । अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नका लागि आईतबार अस्पतालले सरोकारवालाहरुस“ग छलफल समेत गरेको हो । 

विगत ४० वर्षदेखि एमडीजी रेजिडेन्टको जिल्ला पोस्टिङ हुने अस्पतालको रुपमा परिचित भएकाले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सकिने अस्पतालका निर्देशक मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले बताए । उनले प्रतिष्ठानका लागि आवश्यक पर्ने पुर्वाधार भएको र विस्तारका लागि पनि पर्याप्त क्षेत्रफल भएको भन्दै प्रतिष्ठानका लागि आवश्यक मापदण्ड रहेको उल्लेख गरे । ‘हामी अब प्रतिष्ठान सञ्चालन गर्न सक्षम छौ“,’ उनले भने, ‘पुर्वाधार पनि प्रशस्त छ, नपुगे“ विस्तारका लागि पनि ठाउ“ छ, कर्णालीका दश जिल्लाबाट मात्रै होइन भारतबाट समेत बिरामी आउ“छन् ।’ 

डा. खड्काले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेकाले पनि प्रतिष्ठान बनेपछि प्रयोगात्मक अभ्यासका लागि कुनै समस्या नहुने बताए । ‘अहिले हामीस“ग प्रोफेसर लेभलकै डाक्टरहरु छन्,’ उनले भने, ‘हामी जुनसुकै संकाय सञ्चालनका लागि पनि तयार छौ“ ।’

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिने उल्लेख गरिएको छ । सोहीबमोजिम अस्पताललाई प्रतिष्ठान बनाउन प्रक्रिया सुरु गरिएको हो । 

अस्पतालले यसका लागि वरिष्ठ स्वास्थ्य विज्ञहरुस“ग पनि छलफल तथा राय सुझाव लिएको छ । कार्यक्रममा मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले एमबीबीएसको कार्यक्रमलाई फेसनका रुपमा लिइएको बताए । ‘अब एमबीबीएस पा“च–सात वर्षमा रिटन्डेन्ट हुन्छ,’ उनले भने, ‘पा“च वर्षमा एमबीबीएसको जनशक्ति पुरा हु“दैछ, त्यसपछि हाम्रा जनशक्तिलाई कहा“ लैजाने भन्ने चिन्ताको विषय छ ।’ 

एमबीबीएसलाई ठूलो रुपमा लिएर रहरमै प्रतिष्ठान नखोल्न डा. कोइरालाले सुझाव दिए । विभिन्न प्रतिष्ठानका उदाहरण दि“दै उनले धेरै प्रतिष्ठानहरु लथालिङ्ग भएको सुनाए । उनले अक्षरस कानुन पालना गर्न सकि“दैन भने प्रतिष्ठान नखोल्न आग्रह गरे । 

प्रदेश सरकार र संघीय सरकारबीच समन्वय नहु“दा भविष्यमा संकट निम्तिने बताए । ‘हामीले पहिलेदेखि नै सुर्खेतलाई बाइपास गरेर कर्णालीमा प्रतिष्ठान बन्नुहु“दैन भनेका थियौ“,’ उनले भने, ‘यो केश हामीले पहिला पनि हेरेको हो, समन्वयात्मक हिसाबले गएपछि पछि नियमनकारी निकायले अप्ठ्यारोमा पार्न सक्दैन ।’ 

डा. कोइरालाले जनशक्ति र अन्य सुविधासम्बन्धी अनुसन्धान गरी तयारी पुरा गरेर मात्रै प्रतिष्ठान खोल्न सुझाव दिए ।

वरिष्ठ स्वास्थ्य विज्ञ अर्जुन कार्कीले तयारीलाई पुरा गरी नियमक निकायस“गका शर्त पुरा गरी प्रतिष्ठानको प्रक्रिया सुरु गर्नुपर्ने बताए । उनले सबैभन्दा पहिला समिति गठन गरी उक्त समितिलाई प्रतिष्ठानका अवधारणा र कार्ययोजना बनाउन जिम्मा दिनुपर्ने सुझाव दिए । 

यस्तै, कर्णाली स्वास्थ्य प्रतिष्ठानका पुर्व डिन प्रा.डा. मोदनाथ मराठाले आफूलाई चाहिने स्वास्थ्य विज्ञ आफै उत्पादन गर्न सक्ने अस्पतालस“ग भएको बताए । उनले जनशक्ति थप गर्न र बजेट प्लानिङ गर्न पनि सुझाव दिए । चा“डै नै प्रक्रिया सुरु गरेमा अस्पतालले आगामी वर्षदेखि एमडीएमएसको पढाई सुरु गर्न सक्ने आंकलन गरे । ‘अबको दुई वर्षभित्र एमबीबीएस पढाई सुरु गर्न सकिन्छ, उनले भने ।’

डा. मराठाले शैक्षिक वातावरण बनाई पाठ्यक्रम विकास गर्नुपर्नेमा पनि जोड दिए । यस्तै, प्रा.डा. रमेशकान्त अधिकारीले डाक्टरहरुलाई बिरामीको उपचारमा मात्रै नभएर अध्यापन तथा अनुसन्धानमा पनि लगाउने कामको सुरुवात भएको बताए । उनले तयारी नगरी प्रतिष्ठान सञ्चालनको प्रक्रिया अगाडि नबढाउनुपर्नेमा जोड दिए ।

अस्पतालले सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनसम्बन्धी ऐनको मस्यौदा पनि तयार पारेको छ । उक्त मस्यौदामाथि पनि विज्ञहरुले सुझाव दिएका थिए ।

यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनको लागि स्थानीय सरकारको तर्फबाट आफुले भरपूर सहयोग गर्ने बताइन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा प्रतिष्ठानको जरुरी रहेको भन्दै उनले यसको लागि आफु जस्तो वीरेन्द्रनगर सरकारको तर्फबाट सहयोग गर्न तयार रहेको उनले बताइन्


Post a Comment

Previous Post Next Post