विगत ६ वर्षदेखि मुगुको माटो प्रयोगशाला प्रयोगविहीन अवस्थामा

मुगु : मुगुस्थित माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ। ०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना भएको प्रयोगशाला कर्मचारी अभावका कारणा प्रयोगविहीन भएको हो।

प्रयोगशालाका सामान प्रयोगमा नआउँदा कृषि विकास कार्यालयको एक कोठामा थन्किएको छ। प्रयोगशालामा लाखौँ पर्ने बहुमुल्य सामग्री छन्।

जिल्ला कृषि विकास कार्यालय मुगुका अनुसार कर्मचारी र बजेट पाए प्रयोगशाला सञ्‍चालन हुने जनाएको छ। कार्यालय मुगुका प्रमुख खेमराज शाहीले प्रयोगशाला कहिले प्रयोगमा आउँछ भन्‍ने बारे जानकारी नभएको बताए।

माटो प्रयोगशाला ०७३ सालमा कर्णाली प्रदेश सरकारको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत कर्णालीका १० वटै जिल्लामा स्थापना गरिएको हो।


माटो प्रयोगशाला नहुँदा मुगुका किसानले आफ्नो खेतबारीको माटोको गुणस्तर थाहा पाउन सकेका छैनन्। माटो परीक्षणपछि सोहीअनुसार किसानहरूले खेति लगाउने अपेक्षा  प्रयोगशाला नचल्दा अपुरै रहेको छ।


Post a Comment

Previous Post Next Post