नेकपा (क्रान्तिकारी माओवादी) ले निर्वाचन बहिष्कार गर्ने

 सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आगामी निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ। बिहिबार सुर्खेतमा भएको पत्रकार भेटघाटमा नेकपा क्रान्तिकारी माओवादी कर्णाली प्रदेश समितीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने जानकारी दिएको हो।

प्रेस विज्ञप्ती सार्वजनिक गर्दै नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेश सेक्रेटरी दिपक बहादुर शाहीले निर्वाचनको निष्क्रिय बहिष्कार आत्मघाती हुने भएकोले सक्रिय बहिष्कार गरी यसको विकल्पको रुपमा संघीय जनगणतन्त्र स्थापना गर्न अघि बढ्ने बताए।

यो निर्वाचनमा भाग लिनुको कुनै औचित्य नभएको र यतिबेला निर्वाचनमा कुनै पनि किसिमले भाग नलिने र बहिष्कार गरेको प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ।

प्रेस विज्ञप्ती :

Post a Comment

Previous Post Next Post