वीरेन्द्रनगरमा अखिल साँस्कृतिक साँझ हुँदै

सुर्खेत : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु सुर्खेतले वीरेन्द्रनगरमा अखिल साँस्कृतिक साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ। आउँदो असोज १० गते अर्थात् घटस्थापनाका दिन साँस्कृतिक साँझ गरिने भएको हो।

अनेरास्ववियुले आर्थिक विपन्नताका कारण शिक्षाबाट बञ्चित भएका विद्यार्थीलाई पढाइमा सहयोग गर्ने उद्देश्यले अखिल कोष स्थापना गर्ने तयारी गरेको छ। सोही कोषका लागि आर्थिक सहायता जुटाउन तथा विजया दशमी पर्वको अवसरमा मनोरञ्जन प्रदान गर्न अखिल साँस्कृतिक साँझ–२०७९ आयोजना गर्न लागिएको अनेरास्ववियु सुर्खेतका अध्यक्ष आशिष आचार्यले बताए।

सुर्खेत सभा हल सिटी हलमा हुने साँस्कृतिक साँझमा राष्ट्रिय तथा स्थानीयस्तरमा ख्याति कमाएका कलाकारहरुको सांगितिक प्रस्तुतिहरु रहनेछ। साँस्कृतिक साँझमा बहुचर्चित लोक गायक बद्री पंगेनीलगायतका कलाकारहरुलाई सहभागि गराउने तयारी भइरहेको आयोजक अनेरास्ववियुले जनाएको छ।

कार्यक्रम असोज १० गते दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। साँस्कृतिक साँझ हेर्न टिकटको व्यवस्था गरिने बताइएको छ। उक्त कार्यक्रमको मुख्य प्रायोजक र प्रायोजक बन्न चाहने संघ–संस्था तथा नीजि क्षेत्रहरुलाई सम्पर्क गर्न पनि अनेरास्ववियुले अनुरोध गरेको छ।


Post a Comment

Previous Post Next Post