सुर्खेतमा छतबाट खसेर एक महिलाको मृत्यु

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आफ्नै निर्माणधीन घरबाट खसेर एक महिलाको मृत्यु भएको छ। निर्माणाधीन घरको २ तले छतबाट खसेर वीरेन्द्रनगर नगरपालिका(१ धारापानी नजिक निवासी ६६ वर्षीया ननीकला खत्रीको मृत्यु भएको हो।

छतबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल ९कालागाउँ, सुर्खेत० मा बिहीबार साँझ मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


Post a Comment

Previous Post Next Post