ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी वीरेन्द्रनगरबाट पक्राउ

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको वीरेन्द्रनगरबाट ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। आइतबार बिहान ८ बजेको समयमा उक्त फरार प्रतिवादी पक्राउ परेका हुन्।

प्रकाउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–२ का २४ वर्षीया वविन शाही रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–२ कर्णाली केयर नजिकैबाट पक्राउ गरेको हो।

Post a Comment

Previous Post Next Post