सुर्खेत : महावुको शिवजी मन्दिरमा आउने दर्शालु भक्तजनहरुको यात्रा सहज गराउनका लागि दैलेख र महावै गाउँपालिकाले सडक बनाउनको लागि पहल कार्यको काम सुरु गरेको छ ।
प्रसिद्ध धार्मिक पर्यटकीय स्थल महाबु लेखमा लाग्ने शिवजी मेलाको पूर्व सन्ध्यामा कालिकोट महाबै गाउँपालिका र दैलेख नारायण नगरपालिका, नौमुले र महाबु गा.पा.ले भक्तालुहरुको सजिलोको लागि संयुक्तरुपमा सडक निर्माण गर्ने भएका छन् ।
कालिकोट महाबै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंङले विहिवार दैलेख नारायण नगरपालिका, नौमुले र महाबु गाउँपालिका सरकार प्रमुख सँग भेट गरी आफ्नो आफ्नो क्षेत्रको भाग परेको सडकलाई बनाउने सहमती भएको जानकारी दिए ।
अध्यक्ष सिङका अनुसार नगरक्षेत्र दैलेख बजार देखि ओखडबास सम्म नारायण नगरपालिका दैलेख, ओखडबास देखि महाबु लेख सम्म नौमुले गापा र महाबु गापा दैलेख र महाबु देखी सिम्खेत सम्म महाबै गाउपालिका कालिकोटले सडक बनाउने गरी सहमति भएको जानकारी दिए ।
मेला यहि साउन २६ गते महाबु लेखमा लाग्ने भएको छ ।

Post a Comment