सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको बराहताल गाउँपालिकाबाट जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी मदन भण्डारी पक्राउ परेका छन्। प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार प्रतिवदी गाउँपालिका–८ भट्टेघारीका २१ वर्षीया मदनलाई पक्राउ गरेको हो।
भण्डारीलाई सुर्खेत जिल्ला अदालत सुर्खेतले २ बर्ष १० महिना २४ दिन कैद सजाय तोकिएको छ । भण्डारीलाई गोप्य सूचनाको आधारमा कर्णाली प्रदेश ब्युरोबाट खटिएका प्रहरी टोलीले प्रकाउ गरिएको प्रहरीको भनाई रहेको छ।उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय सुर्खेतले अदालतमा बुझाएको छ।

Post a Comment