कालिकोटको शुभकालिकामा अध्यक्ष र उपाध्यक्षले वडा ९वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै

सुर्खेत : कालिकोट जिल्लाको शुभकालिका गाँउपालिका अध्यक्ष गोबिन्द प्रसाद आचार्य (अनिल) र उपाध्यक्ष धर्मा शाहिले वडा (वडामा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बताएका छन । 

पालिका अध्यक्ष उपाध्यक्षले सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकले सहजिकरण गरिदिनु पर्ने भन्दै काठमाडौं कृषि बिकास बैंकको मुख्य कार्यलयमा गई  आग्रह गरेका छन् । शुभकालिका गाउँ पालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न लाभग्राहीहरुलाई वडा-वडामा गई भुक्तानी शिबिरकोलागि कृषि विकास बैंक को केन्द्रिय कार्यालयका उप महाप्रबन्धक प्रताप सुवेदीसग  कार्यकक्षमा विशेष छलफल भयो छलफल गरिएको अध्यक्ष आचार्यले  बताएका छन् ।   सेवा दिनकालागि कृषि विकास बैंकको कर्णाली प्रदेश कार्यालय लाई निर्देशन गरेको उप महाप्रबन्धकले बतायका छन् । 

 वडा वडामा गएर आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमै  सेवा दिने बताईएको छ ।

Post a Comment

Previous Post Next Post