सामाजिक कार्यका लागि युवा संघद्वारा देउती बज्यै मन्दीर परिसरमा सरसफाई

सुर्खेत : नेकपा एकीकृत समाजवादी निकट युवा स‌ंघ नेपालले देउती बज्यै मन्दीर परिसरमा सरसफाई गरेको छ । हरेक हप्ता सामाजिक कार्य गर्ने उदेश्यले आज देउती बज्यै मन्दीर परिसरमा सरसफाई गरिएको हो । सरसफाइ कार्यक्रममा भौतिक पूर्वधार तथा शहरी विकास मन्त्री पदम रोकाय समेत पुगेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री रोकायले युवाहरु सिर्जनशील हुनुपर्ने र सामाजिक कार्यलाई व्यापकता बनाउन जरुरी रहेको बताए । देश हाक्ने जिम्मेवारी युवाको काँधमा रहेकाले समाजमा सकरात्मक र सचेतनामूलक गतिविधि गर्दा राम्रो सन्देश प्रवाह हुने भएकाले यस्ता कार्यलाई निरन्तरता दिन उनले आग्रह गरे ।  युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीले आयोजना गरेको सरसफाई कार्यक्रममा उपाध्यक्ष ध्रुव थापा लगायको टोली सहभागी थियो ।

Post a Comment

Previous Post Next Post