सुर्खेत : कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी रहेका चार मन्त्रीको राजीनामा स्वीकृत भएको छ । बुधबार नेकपा एमालेका नेता यामलाल कँडेल नेतृत्वको सरकारमा कांग्रेसबाट सहभागी सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले बुधबार पदबाट राजीनामा दिएका थिए ।
उनीहरूको मुख्यमन्त्री कँडेलले राजीनामा स्वीकृत गरेका हुन् । राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषद् पुनर्गठनसमेत गरेका छन् । कँडेलले रिक्त मन्त्रालय आफूमातहत ल्याएका छन् ।

Post a Comment