सुर्खेत : आज ३ बजेका लागि तय भएको कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ। सभामुख नन्दा गुरुङले सूचना जारी गरी बैठक आगामी साउन ९ गते शनिबार दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिएकी छन्। यद्यपि, मुख्यमन्त्री यामलाल कँडेल विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका कारण बैठक स्थगित गरिएको प्रतिपक्षको आरोप लागेको छ।
नेपाली कांग्रेस र नेकपाले गत असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेका थिए। उक्त प्रस्तावमाथि आज मतदान हुने तयारी रहेको र दुवै दलले प्रस्तावको पक्षमा मतदान गर्ने बताएका थिए। अब अविश्वास प्रस्तावसँग सम्बन्धित प्रक्रिया तथा सम्भावित मतदान साउन ९ गते बस्ने प्रदेश सभा बैठकमा अघि बढ्ने छ।

Post a Comment