कर्णाली राजमार्ग साङ्गेतडा दुर्घटना नौ दिनपछि चालकको शव फेला

सुर्खेत : असार १८ गते बिहीबार कर्णाली राजमार्ग अन्तर्गतको साङ्गेतडा दुर्घटनाका चालकको ९ दिनपछि शव फेला परेको छ । ‎‎जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले चालक तुलाराम सुवेदीको शव भेटिएको बताए छन। उनका अनुसार, उनको शव शनिबार बिहान ७ बजेको समयमा अछामको तुर्माखाँद गाउँपालिका( २ जमगडास्थित कर्णाली नदीको किनारमा भेटिएको हो ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका९ ८ माझिगाउँ निवासी सुवेदीको शव उनका बुबाले पहिचान गरी बुझेका छन् । साङ्गेतडा घटनामा बेपत्ता भएका उनका भाइ तथा गाडीका सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै अज्ञात छ।

असार १८ गते बिहीबार बिहान ११ः ३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क।प्र। ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो ।

गाडीमा ५ जना सवारमध्ये कालिकोट पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए । 

‎दुल्लु अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । ‎‎त्यस्तै, गाडीसँगै नदीमा बेपत्ता भएका कालिकोटको पचालझरना गाउँपालिका–९, का मेगे तिरुवाको शव गत सोमबार कैलालीको सुङ्गरखाला क्षेत्रमा भेटिएको थियो। ‎

त्यस्तै, कालिकोटको रास्कोट नगरपालिका–२ की १८ वर्षीया सिर्जनाको शव मंगलबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—४ मा पर्ने डङ्डगे क्षेत्रमा भेटिएको थियो ।

अझै एक जना र गाडीको अवस्था भने अज्ञात नै रहेको प्रहरीले जनाएको छ । गाडी र यात्रुको खोजीका लागि ३ वटै सुरक्षा निकायका अधिकारी सक्रिय रहे पनि पत्ता भने लागेको छैन।

गाडी राजमार्गबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेको थियो।

Post a Comment

Previous Post Next Post