खाल्डोमा डुबेर २ बालबालिकाको मृत्यु

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा खाल्डोमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ। गएराति ८ बजे वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीमा बन्दै गरेको घरमा खनिएको खाल्डोमा परेर २ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कालिकोट तिलागुफा स्थायी घर भइ सोही ठाउँ बस्ने ७ वर्षका खेमराज कटुवाल ५ वर्षीया बालिका दिपिका कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका  प्रवक्ता डिएसपी मोहनजंग बुढ थापाले जानकारी दिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Post a Comment

Previous Post Next Post