काठमाण्डौ : मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएको जनाएको छ । तर पानी पर्ने सम्भावना भने कायमै छ । पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभावले आज पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी तराई भू–भागका एकरदुई ठाउँहरुमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हिजोदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशको पूरै क्षेत्रबाट तथा लुम्बिनीको पश्चिमी भेगका धेरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी क्षेत्रका थोरै ठाउँबाट मनसुन बाहिरिएको छ । योसँगै ती ठाउँमा पश्चिमी वायुको प्रभाव शुरू भएको हो ।
Post a Comment